श्रृजनशील लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने, करिब ३७ हजारले मात्रै शेयर पाउने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
श्रृजनशील लघुवित्तको आईपीओ भोली बाँडफाँट हुने, करिब ३७ हजारले मात्रै शेयर पाउने

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भोली बाँडफाँट हुने भएको छ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपाेखरीमा भोली भदौ २७ गते सोमबार विहान ९ बजे बाँडफाँट हुने भएको हो । कम्पनीले भदौ २३ गते नै प्रिअलमेन्ट सकाएर सोमबार बाँडफाँट गर्ने निर्णय गरेको हो ।

लघुवित्तले भदौ १५ गते देखि १९ गतेसम्म जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९० कित्ता शेयरमा मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ३६ हजार ८५९ जनाले मात्रै शेयर पाउनेछन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad