धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने समय तय, बुधबार बिहान कति बजे हुँदैछ ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट हुने समय तय, बुधबार बिहान कति बजे हुँदैछ ?

काठमाडौं : धौलागिरी लघुवित्तको आइपीओ बुधबार (भदौ ८ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, धौलागिरी लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । 
 

यो आइपीओमा ३० हजार ९२९ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १९ लाख २१ हजार ५३१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बरारको आवेदन परेको छ । धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको थियो । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad