काठमाडौं : धौलागिरी लघुवित्तको आइपीओमा २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (साउन २९ गते) साँझ ५ः०३ बजेसम्ममा १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ७०.२२ गुणा बढी आवेदन हो ।
धौलागिरीले साउन २४ गतेदेखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।








