काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य अलमुन नेसालाई उनको श्रीमान् शेख अलाउदिनको मृत्यू पछि बिमाको क्षतिपुर्ति रकम भुक्तानी गरेको हो ।
नेसाले उक्त संस्थाबाट १ लाख २० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । उनको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ र तिरेको किस्ता रकम ३० हजार जम्मा रकम ५५ हजार रुपैयाँ एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।








