प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि सम्झौता, अध्यक्ष आजाद र सिइओ सञ्चित हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि सम्झौता, अध्यक्ष आजाद र सिइओ सञ्चित हुने

एजेन्सी । प्रभु र अजोड इन्स्योरेन्स पनि मर्जका लागि प्रारम्भिक सम्झौता भएको छ ।  एक आपसमा मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको हो ।

दुई इन्स्योरेन्सको स्वाप रेसियो १००ः७०  कायम गर्ने समझदारी भएको छ । मर्जपछि बन्ने कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स  हुने र प्रमुख कार्यकारी अधिकृत (सिइओ)सञ्चित बज्रचार्या पभुबाट हुने सहमति भएको छ ।  अध्यक्षमा अजोडबाट अजाद श्रेष्ठ बन्ने छन् ।

आर्थिक वर्ष सकिन एक दिन बाँकी छदा प्रभु र अजोड इन्स्योरेन्स कम्पनीले पनि मर्जका लागि साइत जुराउने तयारीमा जुटेका हुन ।  प्रभु इन्स्योरेन्स एलायन्स इन्स्योरेन्सलाई प्रभु ग्रुपले खरिद गरेपछि नाम परिवर्तन गरेर प्रभु भएको पुरानो इन्स्योरेन्स कम्पनी हो । त्यस्तै, अजोड इन्स्योरेन्स पछिल्लो समयमा बीमा कम्पनीहरुले सञ्चालन पाएका बेलामा अनुमति पाएको नयाँ बीमा कम्पनी हो । 

Read More
  • MBL - below news