काठमाडौं / नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिबन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ ।
नेप्सेले सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स दुई निर्जिबन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो ।
उक्त बीमा कम्पनीबीच हिजो मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले मंगबारदेखि सेयर कारोबार रोक्का गरिदिएको हो ।
दुवै कम्पनीको सोमबार (असार २७) बसेको संचालक समितिको बैठकमा दुवै कम्पनीबीच एकआपसमा गाभ्नेरगाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।





