सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले मर्जमा जाने सहमति गरेका छन्। दुई कम्पनीले सोमबार समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् । सोमबार भएको समझदारी पत्रमा दुबै कम्पनीका अध्यक्षहरुले हस्ताक्षर गरेकाछन् ।
स्वाप रेसियो भने सम्पती र दायित्व मूल्यांकन (डिडिए) पछि तय गर्ने सहमति भएको छ । मर्जर पछि बन्ने कम्पनीको नाम, अध्यक्ष र सिईओका बिषयमा आगामी दिनमा छलफल गर्ने सहमति भएको छ । कम्पनीले मर्जरमा गए लगत्तै शेयर कारोबार रोक्का गरिदिन समेत नेप्सेलाई अनुरोध गरेको छ ।





