असार २०, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सोमवार विशेष साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष ताराचन्द केडियाको सभापत्विमा सम्पन्न सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभाले कुनै जीवन बीमा कम्पनीसगँ एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने जस्ता कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।








