नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको शेयर कारोबार सुचारु भएको छ । आजको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो ।
कम्पनीको पहिलो कारोबार ३८२.२ रुपैयाँमा भएको छ । कम्पनीको CYCL सिम्बलबाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्ज बीचको जुनसुकै मूल्यमा रहेर कम्पनीको पहिलो कारोबार हुन सक्ने ब्यबस्था रहेकोमा ३८२.२ रुपैयाँमा पहिलो कारोबार भएको हो। स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भएर मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । शुक्रबार कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर सुचिकृत भएको थियो ।







