काठमाडौं : विन नेपाल लघुवित्तले लाभांश वितरण र एफपीओ प्रस्तावसहित मंगलबार जेठ ३१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ९.३३% बोनस सेयर वितरण गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट एफपीओ निष्कासन गर्ने एजेन्डा पनि रहेको छ ।
सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला सिन्धुपाल्चोकमा बहिान ११ बजेबाट सुरु हुनेछ । संस्थापक समूहबाट ४ जना र सभामार्फत सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । बोनस वितरणपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ । ....








