नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
स्टकका अनुसार संस्थाकाे २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय १० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
संस्थाकाे वैशाख २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेश्राे वार्षिक साधारण सभा जेठ २८ गते, शनिबार, धनगढी-उपमहानगरपालिका-२, धनगढी, कैलालीमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।








