किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (जेठ १९ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि जेठ २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले आज जेठ १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।








