काठमाडौं : नेप्सेमा नेको इन्सुरेन्सको २२ लाख ८२ हजार ४५०.६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १५% बोनस सेयर वितरण गरेको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो । यस्तै, नेप्सेमा सपोर्ट लघुवित्तको १ लाख ९८ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ३०% बोनस सेयर वितरण गरेको थियो । सोही सेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।





