काठमाडौं : नेपाल इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ११% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ५३१ रुपैयाँ ५३ पैसा तोकिएको छ । यही मूल्यलाई आधार मानेर मंगलबार यसको कारोबार खुल्नेछ । इन्सुरेन्सले जेठ ३० गते बस्ने वार्षिक साधारण सभाको लागि आज मंगलबार (जेठ १७ गते) देखि बुक क्लोज गरेको हो।
इन्सुरेन्सले गत वर्षको नाफाबाट ११% बोनस सेयर र कर प्रयोजनको लागि ०.५७% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।





