नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, ११.५८ प्रतिशत लाभांश पारित हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, ११.५८ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । नेपाल इन्स्योरेन्सले जेठ ३० गते ७३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ । कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । 

Read More
  • MBL - below news