विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण बुझाएकाे छ । याे सँगै नेप्सेले संस्थाकाे काराेबार पनि फुकुवा गरेकाे छ ।
संस्थाले निर्णय गर्दा भुलवस त्रुटी हुन गएको र अब उप्रान्त धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पालना गर्ने प्रतिवद्धता व्यक्त गरी कम्पनीको रोक्का राखिएको धितोपत्रको दास्रो बजार कारोबार सुचारु गरिदिन अनुरोधसहितको पत्र पठाएको हाे ।








