काठमाडौं । सुर्योदय वोमी लघुवित्तको शेयर सुचीकृत भएको छ । मंगलवार साविकको सुर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएपछि कायम हुन आएको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सुचीकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै अब सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट शेयर कारोबार हुने छ । कम्पनीको SWMF सिम्बलबाट कारोबार हुने भएकाे छ ।








