यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा आज शुक्रवार भैरहवामा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७६।७७ को बार्षिक साधारण सभाले महत्वपूर्ण निर्णयहरु गरेको छ ।
सो साधारण सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित संचालकहरुको आजै बसेको संचालक समितिको बैठकले संचालक शुलभ अग्रवाललाई अध्यक्षमा चयन गरेको छ ।


