सिवाईसी नेपाल लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिवाईसी नेपाल लघुवित्तको आईपीओले पहिलो कारोबारको लागि कति पाउला त ओपन रेञ्ज ?

वैशाख २० काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. ३४४ दशमलव ३६ देखि १ हजार ३३ दशमलव ०८ पाउने देखिएको छ । कम्पनीको २०७७÷७८ कोे बास्तविक प्रतिशेयर नेटवर्थ रू. ३४४ दशमलव ३६ रहेकाले उक्त रेञ्ज पाउने देखिएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।  कम्पनीको आइपीओ सूचीकरण प्रक्रियामा रहेको छ ।

 कम्पनीले वैशाख २ गते देखि ६ गते सम्म ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार २  कित्ता कर्मचारीकोे लागि छुट्याएको,१९ हजार ७६६ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । कम्पनीले आईपीओ बाँडफाँट वैशाख १५ गते गरेको थियो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका हुन ।  

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad