वैशाख १२, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार कारोबारमा आएका २३९ धितोपत्र मध्ये जाल्पा सामुदायिक लघुवित्तको धितोपत्रमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
शेयर मूल्य प्रतिकित्ता रू. ८५८ दशलमव ६० पुगेको हो । कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । यस दिन कम्पनीको ७७ कित्ता शेयर खरीदविक्री भएको छ ।



