उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय थप, भोली बुधबारसम्म आवेदन दिन सकिने


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
उपकार लघुवित्तको आईपीओमा आवेदन दिने समय थप, भोली बुधबारसम्म आवेदन दिन सकिने

उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने समय एक दिन थप भएको छ । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा दिएकोले आइपीओमा आवेदन दिने समय एक दिन थप भएको हो ।

त्यस अनुसार लघुवित्तको आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तले चैत २५ गते देखि सर्वसाधारणलाई जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

 

त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad