मेरो माइक्रोफाइनान्सले गर्यो शैक्षित सामाग्री वितरण


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मेरो माइक्रोफाइनान्सले गर्यो शैक्षित सामाग्री वितरण

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित शुलक्षणा माध्यमिक बिद्यालयका १०८ जना बिद्यार्थिहरु लाभान्वित भएका हुन् । 

त्यस्तै, रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित भुवनेश्वरी आधारभूत बिद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको हो। कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad