नेपाल टेलिकम र जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल टेलिकम र जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन

चैत ११ गते, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल टेलिकम र जीवन विकास लघुवित्तको शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन नेपाल टेलिकमको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात नेपाल टेलिकमको शेयरमूल्य १ हजार २२० रुपैयाँ र जीवन विकास लघुवित्तको ३ हजार रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार नेपाल टेलिकमको शेयर प्रतिकित्ता १ हजार ४६५ रुपैयाँ र जीवन विकास लघुवित्तको शेयर प्रतिकित्ता ५ हजार १०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार यही समायोजित मूल्यका आधारमा नेप्सेमा यी दुई कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नेपाल टेलिकम (NTC) हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्न चैत २४ गते, चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।

कम्पनीले पहिलो पटक बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा लग्दैछ। यस अघि कम्पनीले हरेक वर्ष नगद लाभांश मात्र वितरण गर्दै आइरहेको थियो।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad