राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र उत्थान लघुवित्त  र इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट

चैत ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको डेढ घण्टाको अवधिमा दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये  नेपाल राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७४५ र इमर्जिङ्ग नेपालको रू. ६९१ दशमलव ६० पुगेको हो ।ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । इमर्जिङ्ग नेपालको शेयरमा मार्केट डेप्थमा हेर्दा सबैभन्दा बढी ४ लाख ४६ हजार ८९४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

त्यसैगरी नेपाल राष्ट्र उत्थान लघुवित्तको शेयरमा १ लाख ३३ हजार ८२४ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad