काठमाडौं । गत शुक्रवार धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आइतवार हुन सकेन । नेप्सेका अनुसार नयाँ कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तोकेको खुला मूल्यको आधारमा स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार हुनुपर्ने हुन्छ । स्पेशल प्रि ओपनिङ् सेसनमा आइतवार कम्पनीको कारोबार हुन नसक्दा नियमित सेसनको कारोबार सुरु नभएको नेप्सेको भनाई छ ।
कम्पनीले संस्थापक तर्फको १० लाख ७८ हजार कित्ता र सर्वसाधारण तर्फको ५ लाख २२ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि अघिल्लो आर्थिक वर्ष ०७६÷७७ सम्मको वार्षिक प्रतिशेयर नेटवर्थको आधारमा खुला मूल्य तोकेको छ ।



