जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति

 

 जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । 

शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ । कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।” 

Read More
  • MBL - below news