राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्ति अन्यौलमा !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्ति अन्यौलमा !

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति अन्यौलमा परेको छ । सीईओका लागि आवेदकमध्येबाट ३ जनाको नाम छनोट भएको छ । कम्पनीको सीईओ पदका लागि आवेदन दिएका ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट भएको हो ।

कम्पनीले सीईओको लागि गत मङ्सिर १२ गते सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि मङ्सिर २६ गतेसम्म समय दिएको थियो । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए । सरकारले अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा छनोट समिति बनाएको थियो । भण्डारी बीमा कम्पनीमा सरकारको तर्फबाट सञ्चालक समेत रहेका छन् ।

छनोटमा परेका सुरेन्द्र थापा राष्ट्रिय बीमा संस्थानको सहायक प्रशासकमा साँढे २ वर्ष काम गरेका व्यक्ति हुन् । थापा पछिल्लो समय अजोड इन्स्योरेन्समा डेपुटी सीईओबाट केही महिना अघिमात्रै बाहिरिएका हुन् । त्यस्तै खड्का पनि ५ वर्षअघि बीमा संस्थाको सहायक प्रशासक भैसकेका व्यक्ति हुन् । खड्का र थापा माओवादी निकट हुन् ।

Read More
  • MBL - below news