नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा हिजाे माघ ६ गते बिहीबारका दिन भौतिक तथा भर्चुअल रुपमा उपस्थित हुनेगरी धादिङ्ग क्रिक रिसोर्ट धादिङ्गबेसी धादिङ्गमा सम्पन्न भएको छ ।
सञ्चालक समितिको तर्फबाट सभाध्यक्ष रविन सिजापतिले प्रस्तुत गरेका आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आठौं वार्षिक साधारण सभाले पारित गरेको छ ।
कम्पनीले २०७८ आषाढ मसान्तसम्म कायम रहेको चुक्ता पूँजी ४१ करोड ९१ लाख को ५ प्रतिशतले हुन आउने नगद लाभांश र ४० प्रतिशतले हुन आउने बोनस गरी कुल ४५ प्रतिशत लाभांश स्वीकृत गरेको छ । बाेनस सेयर पश्चात् कम्पनीको चुक्ता पूँजी ५८ करोड ६७ लाख पुगेको छ । साथै, सभाले संस्थाको हालको अधिकृत पुँजी ५० करोडबाट वृद्धि गरी ७० करोड पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ ।








