खल्तीबाट यतीको टिकट लिँदा ४ सय ५० रुपैयाँ फिर्ता


  • KBL News Ad
  • ADBL
  • City Express
खल्तीबाट यतीको टिकट लिँदा ४ सय ५० रुपैयाँ फिर्ता

यती एअरलाइन्सले 'खल्ती' सँगको सहकार्यमा 'यति धेरै क्यासब्याक' अफर ल्याएको छ। अब खल्तीबाट यतीको टिकट खरिद गर्दा यात्रुले आफ्नो खल्ती वालेटमा तुरुन्तै ४ सय ५० रुपैयाँ फिर्ता पाउनेछन्।

फ्लाइट बुकिङलाई सहज बनाउन, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र यात्रुहरूलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यो क्यासब्याक अफर सार्वजनिक गरेको यती एअरलाइन्सले जनाएको छ।

उक्त अफरअन्तर्गत फ्लाइट बुकिङ क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा एक सय ५० रुपैयाँ घट्नेछ भने बाँकी रहेको तीन सय 'खल्ती' वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर यही जनवरी ११ तारिखदेखि फेब्रुअरी १६ तारिखसम्मलाई लागू हुनेछ। 

यात्रुले क्यासब्याक पाउन के गर्ने ?

फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न यात्रुहरूले निम्न चरणहरू पालना गर्नुपर्ने हुन्छः ...

Read More
  • EBL Ad news