पुस २१, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वैशाख ७ गते नै पारित गरेको ९ दशमलव ७३ प्रतिशत बोनस शेयर बापतको कर रकम जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई पुस १९ गतेदेखि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरिसकेको छ । साविक जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड र यस कम्पनी मर्ज भई २०७६ साल पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।
कम्पनीले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट वितरण गरेको उक्त बोनस शेयर प्रयोजनका लागि लाग्ने कर बापतको रकम एकीकृत कारोबार पश्चात शेयर खरीद गरेका हरुको हकमा मात्र लागू हुने कम्पनीको भनाइ छ ।
कम्पनीले बोनस शेयरको कर बापतको रकम एनएमबि बैंक लिमिटेडको वालिङ शाखामा रहेको ०४५००२६६८३८०००१९ मा जम्मा गरि दिनका लागि आग्रह गरेको हो ।








