काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ २१ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।








