काठमाडौं : आज पुस २१ गते ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, मल्टिपर्पस फाइनान्स र पोखरा फाइनान्सको बोनस सेयरपछिको भाउ समायोजन भएको हो भने छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरपछिको भाउ समायोजन भएको हो ।
जनउत्थान सामुदायिक लघुवित्तको समायोजनपछिको मूल्य २३ सय ८३ रुपैयाँ २ पैसा निर्धारण भएको छ । लघुवित्तको २५% बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । लघुवित्तले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर तिर्न १.३१५७% नगद लाभांश वितरण गर्दैछ ।
कालिका लघुवित्तको समायोजनपछिको भाउ ११ सय ६३ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको १३% बोनस सेयरमा भाउ समायोजन गरेको हो । लघुवित्तले गत वर्षको नाफाबाट १३% बोनस सेयर वितरण गर्दैछ ।
मल्टिपर्पस फाइनान्सको समायोजनपछिको भाउ ४ सय १६ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । कम्पनीको १३% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । फाइनान्सले गत वर्षको नाफा र सेयर प्रिमियमबाट १३% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश वितरण गर्दैछ ।
पोखरा फाइनान्सको समायोजनपछिको भाउ ४४० रुपैयाँ ४३ पैसा निर्धारण भएको छ ।








