इन्फिनिटी लघुवित्तको २९.१६% लाभांशमा यस्तो छ बुक क्लोज तालिका


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
इन्फिनिटी लघुवित्तको २९.१६% लाभांशमा यस्तो छ बुक क्लोज तालिका

काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले २९.१६% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैैछ । कम्पनीले गत वर्षको नाफाबाट २७% बोनस र कर प्रयोजनका लागि १.४६% नगद वितरण गर्न थालेको हो । सभा होटल द नारायणी, गैडाकोटा नवलपरासीमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीको अधिकृत पुँजी ५० करोडलाई बढाएर १ अर्ब पुर्याउने एजेन्डा पनि छ । 

बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि पेश गरिदैंछ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad