डिजिटल वालेट खल्तीमा वर्ल्ड लिंकको लगानी


  • KBL News Ad
  • ADBL
  • City Express
डिजिटल वालेट खल्तीमा वर्ल्ड लिंकको लगानी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहने कम्पनीले जनाएको छ ।

नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पु¥याइरहेको वर्ल्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो । खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय समावेशिताको लागि पनि काम गरिरहेको छ । वल्र्डलिंक र खल्तीको यो साझेदारीले शहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय पहुँच पु¥याउनको लागि सहयोग पुग्ने विश्वास छ । २५ वर्षअघि स्थापना भएको वल्र्डलिंकले पछिल्ला वर्ष नेपालका ग्रामीण क्षेत्रमा सेवा विस्तार गरी दुर्गम क्षेत्रलाई पनि ईन्टरनेट कनेक्टिभिटीमा जोडिरहेको छ । 

Read More
  • EBL Ad news