लक्ष्मी लघुवित्तद्धारा ग्राहकहरुलाई तालिम प्रदान, परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्य


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी लघुवित्तद्धारा ग्राहकहरुलाई तालिम प्रदान, परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्य

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्राहकहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले कास्कीको ढिकुरपोखरी, लमजुङको भोर्लेटार तथा गोरखाको बास्कोट गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई तालिम प्रदान गरेको हो । संस्थाले बेमौसमी तरकारी खेती, व्यवसायिक च्याउ खेती तथा बाख्रापालन तालिम प्रदान गरेको हो ।

मंसिर २ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६४ जना ग्राहकहरुलाई सहभागी गराइएको संस्थाले जनाएको छ । ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गर्ने हेतुका साथै परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरणतर्फ रुपान्तरण गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरेको हो । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad