‘नमस्ते पेको २० प्रतिशत शेयर जारी गर्न आईपीओ ल्याउँदै छौँ’


  • KBL News Ad
  • ADBL
  • City Express
‘नमस्ते पेको २० प्रतिशत शेयर जारी गर्न आईपीओ ल्याउँदै छौँ’

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले मङ्गलबारदेखि ‘नमस्ते पे’ ब्रान्डमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । मोबाइल सेवाप्रदायक कम्पनीको संलग्नता रहेको नेपालकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनीको सेवा, बजारको चुनौती र यसको भविष्य लगायतका विषयमा रहेर टेकपानाका लागि गोपाल साउदले कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीसँग गरेको कुराकानीको सम्पादित अंश । 

यो सेवाको बारेमा विस्तृत रुपमा बताइदिनुहुन्छ, कस्तो किसिमको सेवा हो, बजारमा विद्यमान अरु सेवाभन्दा कति फरक छ, अलिकति प्रष्ट पारिदिनुहुन्छ ? 

यो मौकाका लागि टेकपानालाई धन्यवाद । हामीले सुरु गरेको यो सेवा मोबाइल वालेटको सेवा हो । यसलाई कसैले मोबाइल मनी भन्नुहुन्छ, कसैले मोबाइल फाइनान्सियल सर्भिस भन्नुहुन्छ । तर समग्रमा यो चाहिँ मोबाइलको प्रयोग गरेर वित्तीय भुक्तानी गर्ने सेवा हो । तपाईं हामीले देखेकै छौँ नेपालको वित्तीय बजारका लागि यो नितान्त नयाँ सेवा भने होइन ।

नेपालमा जसरी डिजिटलाइजेसनको अभियान चलेको छ, त्यसलाई सघाउ पुर्‍याउने हिसाबले र वित्तीय समावेशीकरणमा समेत योगदान गर्ने हिसाबले नेपाल सरकारको समेत स्वीकृति जस्तो लिएर । किन भने यसको सोच जसरी आयो र दुई संस्था (नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक) को बीचमा जुन समझदारीपत्रमा हस्ताक्षर भएको थियो । ...

Read More
  • EBL Ad news