सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी


  • KBL News Ad
  • ADBL
  • City Express
सुरु भयो टेलिकमको नमस्ते पे, इन्टरनेट बिना पनि डिजिटल भुक्तानी

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले आफ्नो भुक्तानी सेवा सुरु गरेको हो ।

यससँगै अब प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप, वेबसाइट र यूएसएसडी कोडमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल भुक्तानी गर्न सक्ने जनाइएको छ ।

यति मात्र होइन, नमस्ते पेले नेपालमै पहिलो पटक इन्टरनेट नचल्ने मोबाइलबाट समेत वालेटको खाता खोल्ने र भुक्तानी गर्ने सुविधा ल्याएको छ । प्रयोगकर्ताले *500# डायल गरी प्राप्त निर्देशन अनुसार वालेटको खाता खोल्न सक्नेछन् ।

यसरी खोलिएको खाताबाट ५००० रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । यस बाहेक नमस्ते पे को सेवा प्रयोग गर्न सकिने गरी मोबाइल एप समेत सार्वजनिक गरिएको छ ।

हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो एप अबको केही सातामा आईओएसमा समेत उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । कम्पनीको वेबसाइट समेत भोलि बुधबारबाट भुक्तानीका लागि तयार हुने बताइएको छ ।

Read More
  • EBL Ad news