आज सार्वजनिक हुँदै ‘नमस्ते पे’


  • KBL News Ad
  • ADBL
  • City Express
आज सार्वजनिक हुँदै ‘नमस्ते पे’

काठमाडौं । लामो समयको प्रतिक्षापछि मोबाइल वित्तीय सेवा ‘नमस्ते पे’ आज सार्वजनिक हुँदै छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आज देखि गर्न लागेको हो ।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायकभन्दा धेरै हो ।

नमस्ते पेबाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने जानकारी दिँदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइलबाट आर्थिक कारोबारको नयाँ अनुभव हुने बताए ।

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणकाे व्यवसायकि सञ्चालन गर्न लागिएकाे हाे । हालका लागि वालेटमा रकम लोड गर्न सकिने गरी केही बैंकलाई जोडिएको छ ।

Read More
  • EBL Ad news