गोर्खाज फाइनान्सको बदमासी, जबरजस्ती खोलाको जग्गा किन्न दबाब


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
गोर्खाज फाइनान्सको बदमासी, जबरजस्ती खोलाको जग्गा किन्न दबाब

विराटनगर : गोर्खाज फाइनान्सले व्यक्तिले निक्षेप राखेको रकम रोक्का गरेर खोलामा परेको जग्गा किन्न दबाब दिने गरेको पाइएको छ।

विराटनगरको महालक्ष्मी नारायण रियलस्टेट प्रालिका प्रमुख आनन्दमोहन झाले फाइनान्सको इटहरी शाखामा निक्षेप राखेको ५१ लाख रुपैयाँ ८ महिनादेखि जबर्जस्ती रोकेर खोलामा परेको जग्गा किन्न दबाब दिने गरेको गुनासो गरे। 

झाले फाइनान्समा धितो राखेको अर्को व्यक्तिको जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाउँदा गोर्खाज फाइनान्सले डिपोजिट माग गरेको र सोहीबमोजिम फाइनान्समा खाता खोलेर रकम जम्मा गरी रोक्का गरी राखेका थिए।

फाइनान्सले भने जग्गाधनी इटहरीका सुवास दुलालको नाम रहेको १५ कट्ठा जग्गा खरिद गर्ने भए बालिका दुलालको नामको खोलाभित्रको १ कट्ठा ७ घुर जग्गासमेत किन्नुपर्ने सर्त तेस्र्याएर आठ महिनादेखि अलमल्याएको पीडित झाले बताए।

उनले इटहरी उपमहानगरपालिका–१२ पकलीस्थित सुवास दुलालको नाममा रहेको १५ कट्ठा जग्गा खरिदका लागि जग्गाधनी दुलालसँग सहमति गरेका थिए। गोर्खाज फाइनान्समै धितोमा रहेको उक्त जग्गा खरिद गर्नका लागि दुलालकै नाममा रहेको अर्को कित्ताको १ कट्ठा ७ धुर जग्गासमेत खरिद गर्नुपर्ने भन्दै फाइनान्सले पछि सर्त तेस्र्याएको झाले गुनासो गरे। झाले भने– ‘फाइनान्सले खोलाभित्रको जग्गा योजनाबद्ध तरिकाले भिडाउने षड्यन्त्रमा लागेको छ।’

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad