अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनको फारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ।
आवेदकहरुले विभिन्न पदको लागि नेपाल विद्युत प्राधिकरणको आधिकारिक वेबसाइटबाट आवेदन फारम भरि त्यसमा लाग्ने दस्तुर खल्ती बाट सजिलै भुक्तानी गर्न सक्नेछन्।
दरखास्त दिने मिति यही भाद्र १८ देखि असोज ७ सम्म रहेको छ। यद्यपी, इच्छुक तथा योग्यता पुगेका उम्मेद्वारहरुले २०७८ असोज १४ गते सम्म दोब्बर दस्तुर तिरी अन्तिम दरखास्त दिन सक्नेछन्।