भदौ १५, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बुधवार बैकिङ् समयसम्म रहेको छ ।
कम्पनीले ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक शेयर भदौ ८ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५८० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।
बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।








