भदौै १०, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रतिकित्ता रू. १३२ दशमलव ६९ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।
नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ । मानुषी लघुवित्तको आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ रू. १३२ दशमलव ६९ रहेको छ ।
कम्पनीले सर्वसाधारणमा साउन २७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री गरी भदौ ७ गते बाँडफाँट गरेको छ । सर्वसाधारणमा कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गरेको हो ।








