मानुषी लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मानुषी लघुवित्तको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

काठमाडौं : मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन् । मानुषीको आइपीओमा कुल २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । 

 

रितपूर्वक आवेदन दिएका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad