बरुण हाइड्रोपावर कम्पनी लिमिटेड Barun Hydropower Company ले निष्काशन गर्न लागेको हकप्रद शेयरको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा बरुण हाइड्रोपावर तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।






