मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ ‘आईएमपी पे’ बाट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ ‘आईएमपी पे’ बाट

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ ।

वैशाख २१ गतेदेखि खुलाइएको आईपीओ कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भई गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको थियो अब भने कम्पनीले साउन ३२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

डिजिटल भुक्तानी सेवाप्रदायक ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने सुविधा छ ।

Read More
  • MBL - below news