राष्ट्रियस्तर कार्यक्षेत्र रहेको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका ३६ जना शाखा प्रबन्धकहरुमध्ये ३३ शाखाका शाखा प्रबन्धकहरुले सामुहिक राजीनामा दिएका छन् । संचालक समितिको लिखित निर्णय अनुसार हरेक २–२ वर्षमा कर्मचारीको तलव भत्ता वृद्धि हुने भनिएकोमा आ.व २०७८/०७९ को बजेटले सो कुराको सम्बोधन नगरेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । कर्मरीहरुको सेवा सुविधामा संस्थाले कुनैपनि ध्यान नदिइएको उनीहरुकाे गुनासाे छ ।








