किसान लघुवित्त (साविकको एनआरएन लघुवित्त) ले थप सार्वजनिक निष्काशन (एफपिओ) को लागि धितोपत्र बोर्डमा आबेदन दिएको छ। १२ लाख ९८ हजार २५९ कित्ता सेयर एपपीओ मार्फत निष्कासनको लागि किसान लघुवित्तले असार २९ गते बोर्डमा आबेदन दिएको हो।
लघुवित्तले प्रतिकित्ता १२५ रुपैयाँमा १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ मार्फत बिक्रिको अनुमती मागेको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकका मुक्तिनाथ क्यापिटल रहेको छ।
किसान लघुवित्तको अधिकृत पूँजी १ अर्व, जारी पूँजी ५२ करोड २६ लाख र चुक्तापूँजी ३९ करोड २८ लाख रहेको छ । सर्वसाधारणहरुलाई एफपिओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ५२ करोड २६ लाख हुनेछ ।
किसान लघुवित्त (साविकको एनआरएन) कम्पनी ऐन, २०६३ अन्तर्गत २०७५ साल माघ ७ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७५ साल फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७५ साल फाल्गुण १६ गते देखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।


