एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको वित्तीय अवस्था :


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको वित्तीय अवस्था :

असार २८,  काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।  

कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरिरहेकोे हो । कम्पनीले उक्त एफपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको चुक्तापूँजी रू.३९ करोड २८ लाख ८ हजार रहेको छ ।  

एफपीओ निष्कासन गरेपछि कम्पनीको पूँजी रू. ५२ करोड २६ लाख पुग्नेछ । कम्पनीले सूचीकृत नभएका कम्पनी गाभेका कारण शेयर संरचना  मिलाउनु पर्ने कानूनी अवस्थाका कारण एफपीओ निष्कासन गर्न लागेको हो । 

Read More