समाज लघुवित्तमा लगानीकर्ताको पुँजी १० महिनादेखि बन्धक


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समाज लघुवित्तमा लगानीकर्ताको पुँजी १० महिनादेखि बन्धक

२५ असार, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थामा लगानीकर्ताहरुको पुँजी १० महिनादेखि बन्धक बनेको छ । समाज लघुवित्तले १० महिनाअघि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको थियो ।

आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाई यस संस्थाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेको थियो । ६ असोजमा मर्जर सम्झौता गरेपनि मर्जरको काम भने निकै लामो समयसम्म यस संस्थाले सम्पन्न गर्न सकेको छैन ।

दुई संस्थाहरुबीच मर्जर सम्पन्न नहुँदा समस्यामा भने लगानीकर्ताहरु परेका छन् । मर्जर सम्पन्न भएपछि मात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल ३ महिना भन्दा ढिला भए राष्ट्र बैंकसँग समथ थपका लागि अनुमति लिनुपर्ने बताउँछन् । यी दुई संस्थाको विषयमा समय थप भए नभएको बारेमा बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउने उनले बताएका छन् । ...

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad