भुक्तानी सेवाप्रदायक सेलकमले सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको सो योजना सुरु गरेको हो।
सो योजनाअन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा दश प्रतिशत क्यास ब्याक र मोबाइल टपअपमा चार प्रतिशत क्यासब्याक तुरुन्तै पाउनेछन्।
सेलपेमार्फत विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब चार लाख मर्चेण्टहरुमा भुक्तानी गर्न सकिने छन्।
त्यस्तै एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर सेवा पनि उपलब्ध रहेको उल्लेख छ। सेलपे सेवामार्फत घरमा बसेर सामान खरिद गर्न सकिनेछ।







